मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिदै

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ११:०३

मंसिर, काठमाडौं – निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

बुधबार काठमाडौ‌मा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचन सँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको बताएका हुन् ।

मतदाता नामावली संकलन अभियानका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा जनशक्ति पठाउने कार्य भइरहेको उनले बताए । उनले भने, ‘अब आयोगले जो जहाँ छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था मिलाएको छ ।

दर्ता आफू बसेको ठाउँबाट गरिए पनि त्यो रेकर्ड सम्बन्धित नगर, गाउँ, वडामा आयोगले पठाइदिन्छ ।’ उनले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै ईलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*