दुबई उड्न लागेका ७६ यात्रु विभानस्थलबाट फर्काइयो
मंसिर, काठमाडौँ – आइतबार राति दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल स्थित अध्यागम कार्यालयले फर्काइदिएको छ ।
ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको अध्यागम विभागले जनाएको छ ।
नेपाल एयरलाइन्सको जहाज मार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला रहेको बुझीएको छ। सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारी विना एक्कासी एयर्पोर्ट आएको र कागजात समेत नभएकोले फर्काइएको फर्काइएको अध्यागम कार्यालयले जनाएको हो । यसअघि ४ र ५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।






