बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

तामसालिङ खबर
२३ मंसिर २०७८, बिहीबार ०६:५२

मंसिर, एजेन्सी – पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिख सँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।

नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।

खेलको ३४ औँ मिनेटमा थोमस मुलरले बायर्न म्युनिखलाई अग्रता दिलाए भने पहिलो हाफ सकिन लाग्दा लिरोय सानेले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जमाल मुसिआलाले तेस्रो गोल गर्दै बायर्नको शतप्रतिशत नतिजा कायम गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*