थाहा नगरपालिकाद्वारा जिल्ला स्तरीय फुटबल बिजेता टोलीलाई सम्मान
पुष, हेटौडा (थाहानगर) – जिल्ला समन्वय समिती मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति मकवानपुरको ब्यबस्थापनमा मंसिर १८ देखि २५ गते सम्म हेटौंडामा सम्पन्न प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको बिजेता थाहा नगरपालिकाको खेलाडी ,प्रशिक्षक तथा ब्यबस्थापक लाई नगरपालिका कार्यालय थाहा नगरले बुधबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय परिसर इन्द्रायणी चौरमा थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेस केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरका प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्गबहादुर गोपाली, नगरका कामु अधिकृत अजित घिमिरे, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट आदर्श , नेकपा माओवादी केन्द्रका बिनोद लामा, राप्रपा थाहा नगरका नवीन रायमाझी एकीकृत समाजबादिका सानोकाजी गोपाली, नेकपा एमालेका सुजन रायमाझी, नेपाली काङ्ग्रेसका नवराज कार्की, थाहा ११ का अध्यक्ष किरणमान बल लगायतका उपस्तिथि रहेको थियो ।
सम्मान कार्यक्रममा आफ्नो भनाइ राख्दै टोलि कप्तान सुमन बिष्टले आफुहरुलाइ कोचको ब्यबस्था र नियमित ट्रेनिङ पाय अझ राम्रो खेल्न सक्ने बताउदै यस्को लागि पहल र ब्यबस्थापन नगरपालिका ले गरिदिन आग्रह गरे, सम्मान कार्यक्रममा खेलाडीहरुलाई बधाई दिदै नगर प्रमुख लबशेर बिष्टले जितले उत्साह थपियको बताउदै खेलाडी हरुको लागि कोचको ब्यबस्थापन र प्रशिक्षणको ब्यबस्था नगरले यहि पुस भित्रै गरिने बताउदै जितको लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा टिम प्रशिक्षक नरेन्द्र मोक्तान,टिम ब्यबस्थापक अनिल लामिछाने लगायत खेलाडी हरुलाइ प्रसंसापत्र प्रदान गरिनुका साथै बिजेता टोलिलाई नगरको मुख्य बजार क्षेत्र परिक्रमा गराइयको थियो । – थाहापाटी डटकम






