प्रदेशसभा बैठकमा दुईवटा प्रतिवेदन पेश
पुष, हेटौंडा – बागमती प्रदेशसभा बैठकबाट बिहिबार दुईवटा प्रतिवेदन पेश भएका छन् । विहिबार बसेको दोस्रो बैठकमा दुईवटा बैठक पेश भएका हुन् ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका ज्येष्ठ सदस्य रजनी अमात्य जोन्छेले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर समितिको निर्णयको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका छन् ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।






