हेटौंडाका बिद्यालय बुधबार बन्द

तामसालिङ खबर
१४ पुष २०७८, बुधबार ०८:१९

पुष, हेटौंडा – हेटौंडा उपमहानगरपालिका भित्रका बिद्यालय बुधबार बन्द हुने भएका छन् ।

उपमहानगरपालिका अन्तरगतको शिक्षा विकास महाशाखाले सूचना जारी गरि बिद्यालय बन्द हुने जानकारी दिएको हो ।

सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार बिद्यालय बन्द गर्न भनिएको छ । हेटौंडामा मंगलबार रातिदेखि नै वर्षा भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*