तमु ल्होसारको अवसरमा हेटौडामा शुभकामना आदानप्रदान

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०६:५०

पुष, हेटौंडा – तमु ल्होसारको अवसरमा हेटौंडाको शहिद स्मारकमा शुभकामना आदानप्रदान गरि मनाइएको छ । तमु ह्युल छोँज धीँ (गुरुङ् राष्ट्रिय परिषद्) मकवापुरको आयोजनामा ल्होसार मनाइएको हो ।

गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर तमुको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुको प्रमुख आतिथ्यता रहेको थियो ।

ल्वों बर्गलाई बिदाई गर्दै तो बर्गलाई स्वागत गर्दै अग्रज व्यक्तिबाट टीका लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुले साँस्कृतिक विविधताले भरिएको मुलुक भएकोले सबैको सस्कृतलाई जर्गेना गर्नुपर्ने बताए । तमुको संस्कार सबैले भुल्दै गएको हुँदा सबैले त्यसको अध्यन गरेर आफनो पर्व मनाउदै अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ मकवापुरका अध्यक्ष तिर्थ बहादुर थापा मगर, संरक्षक पुष्प गुरुङ, थारु कल्याणकारी सभाका अध्यक्ष हरिलाल चौधरी, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष अशोक सुजन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*