थाहा नगरको कल्याण आधारभूत बिद्यालयमा न्यानो कपडा वितरण
पुष, हेटौडा (थाहा नगर) – थाहा नगर पालिका वडा नम्बर ५ मा रहेको कल्याण आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको छ ।
जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) को समन्वयमा तथा काठमाण्डौको बानेश्वर एकता समाजको सहयोगमा मंगलबार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ अध्ययनरत ७० जना बिद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो ।

बिद्यालयकी प्रधानध्यापक सुजाता थिङ्गको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष सिद्धि नारायण महर्जनको प्रमुख आतिथ्यतामा भएको थियो । शत प्रतिशत तामाङ्ग समुदायको बालबालिका अध्ययन गर्ने बिद्यालयमा सहयोग गर्न पाएकोमा खुसी लागेको र आगामी दिनहरुमा पनि सहयोग गर्न तयार रहेको समाजका अध्यक्ष महर्जनले बताए ।
जाडोको समयमा न्यानो कपडाको अभावले गर्दा बिद्यार्थीहरु समयमा बिधालय नआउने समस्यालाई समाजका सहयोगले गर्दा अबका दिनमा समाधान हुने विद्यालयकी प्रधानध्यापक थिङ्गले बताईन ।

त्यस्तै, जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) संयोजक तथा थाहा नगर नेपाली कांग्रेसका सभापति प्रमोदकृष्ण जोशीले नगरका बिद्यालयका विद्यार्थीहरुलाई खाना र नानाको सहयोग गरिरहेको बताउदै राज्य र स्थानिय सरकारबाट पनि सहयोग हुनुपर्नेमा जोड दिनु भयो ।
वितरण कार्यक्रममा समाजका उपाध्यक्ष बच्चुराम पण्डित, प्रेमकुमार महर्जन, सचिब रामेश्वर थापा, जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क) संयोजक तथा थाहा नगर नेपाली कांग्रेसका सभापति प्रमोदकृष्ण जोशी, समाजसेबी भिमबहादुर बम्जन, बिद्यालयका पूर्वअध्यक्ष गणेश पाख्रिन, लगायतका आतिथ्यता रहेको थियो ।
समाजका सहयोगीहरुलाई फाउण्डेशनद्वारा धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो भने बिद्यालयको तर्फबाट प्रधानध्यापक थिङले सबै अतिथिहरुलाई मायाको चिनो उपहार दिनु भयो।







