पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङमा दोस्रो पटक हिमपात
माघ, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङमा यस वर्ष दोस्रो पटक हिमपात भएको छ ।
बिहिबार साँझदेखि हिमपात भएको स्थानियले बताएका छन् । हिमपात भए सँगै हिँउ खेल्न आउने जाने आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।
हिमपात हुँदा त्रिभुवन राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि उक्त क्षेत्रमा यस वर्षको पहिलो पटक पुस १४ गते बाक्लो हिमपात भएको थियो ।
तस्बिरहरु : बिनोद लामा थिङ, सुजन पाख्रिन











