आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

तामसालिङ खबर
१९ माघ २०७८, बुधबार ०७:१२

माघ, हेटौडा – तामाङ समुदायको महान पर्व मञ्जुश्री २८५८ ‘सोनाम ल्होछार’ पर्व आज देशैभर पूजापाठ गरी मनाइँदै छ । विश्वव्यापीमा रुपमा फैलिएको कोरोनाका कारण यसपटक तामाङ समुदायले सोनाम ल्होछार भव्य सँग नमनाउने भएको हो ।

यस्तै गरी सरकारले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो ।

यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ, शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।

२८५७ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*