तामाङ घेदुङको नवौं संघीय महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले निर्वाचित (नामावली सहित)

तामसालिङ खबर
२ चैत्र २०७८, बुधबार ११:१४

चैत्र, काठमाडौं – नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएको छ । फागुन २९ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ गोले विजयी भएको हो । अर्का अध्यक्ष उम्मेदवार बेली लामाको पक्षमा १ सय ७ मत खसेको थियो ।

सहअध्यक्षमा कुमार घिसिङ्ले ३ सय २१ मत प्राप्त गरी विजयी भएको छ । अर्का सहअध्यक्ष मित्रसेन योञ्जनले १ सय ४६ मत प्राप्त गरेका छन् । मत संख्या ६८३ मध्ये जम्मा ५२३ मत खसेको थियो ।

त्यस्तै घेदुङको वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन लामा, मानबहादुर तामाङ, दिपक वाइबा, महिला उपाध्यक्षमा सनञ्चकुमारी ब्लोन, सिता लामा निर्वाचित भएका छन्। त्यसै गरि, महासचिव काजीमान थिङ, उप-महासचिवमा जगतमान दोङ, हर्कमान तामाङ, सचिवमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा, कोषाध्यक्षमा रुपबहादुर योन्जन र सह-कोषध्याक्षमा सावित्री तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै, घेदुङको संघीय सदस्यहरुमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान र श्रमिक लामा निर्वाचित भएका हुन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*