गठवन्धको चुनावी तालमेलमा हेटौँडा उपमहानगर नेकपा एसले पाउने

तामसालिङ खबर
२ चैत्र २०७८, बुधबार १८:२४

चैत्र, हेटौँडा – सत्ता गठवन्धनले आउँदो स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने गरि चुनावी तालमेलको तयारी थालेको छ ।

बागमती प्रदेश अन्तर्गत रहेका ३ वटा महानगरपालिका र एक उपमहानगरपालिका सत्ता गठवन्धनले भाग लगाउँदा दुईवटा नेपाली कांग्रेस, एक माओवादी केन्द्र र एक नेकपा (एकिकृत समाजवादी) को भागमा पर्ने श्रोतको दाबी छ । नेपाली कांग्रेसले काठमाण्डौ र ललितपुर महानगरपालिकामा मेयरको उम्मेद्वार खडा गर्ने छ ।

त्यसैगरी भरतपुरमा नेकपा माओवादीले मेयरको सिट प्राप्त गर्दा बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका भने समाजबादीको हातमा पर्ने संभावना उच्च रहेको छ ।

यस अघि एमालेले जितेको काठमाण्डौँ महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा कांग्रेस र समाजवादीले एक–एक क्षेत्र लिने छन भने यस अघि कांग्रेस र माओवादी केन्द्र विजयी भएका स्थानमा सोहि दलले पुनः प्रमुख पदको टिकट पाउनेगरि कुरा भएको बताईएको छ ।

नेपाली कांग्रेसको राम्रो प्रभाव मानिएको देशको सबैभन्दा महत्वपूर्ण स्थानीय निकायको रुपमा रहेको काठमाण्डौँलाई कांग्रेसले लिने निश्चित भएपछि समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाको गृह नगर रहेको हेटौँडा भने समाजवादीले पाउने ति नेताको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*