हावाहुरीको कारण रुखको हाँगाले लागेर मकवानपुरमा एक जनाको मृत्यु

तामसालिङ खबर
९ चैत्र २०७८, बुधबार ०६:५८

चैत्र, हेटौंडा – मकवानपुरको मनहरी-६ रुपाचुरीमा हावाहुरीको कारण रुखको हाँगाले लागेर एक जना पैदल हिँडिरहेको एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलान रहेका छन् । चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट कटान मुछान गरेर घर फर्कने क्रममा हावाहुरीको कारण रुखको हाँगाले लागेर घलानको मृत्यु भएको हो ।

घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट २ घण्टाको दुरीमा रहेको र उक्त स्थानमा प्रहरी टोली गईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*