मकवानपुरको थाहा नगरमा दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०८:१९

चैत्र, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरमा बैशाख ३ गतेदेखि दैनिक ८ घण्टा बिद्युत अवरुद्व हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गत धोर्सिङ्ग सब-स्टेशनबाट वितरित धोर्सिङ्ग-कुलेखानी ड्याम साईड हुँदै मार्खु सम्मको ११ के.भी. लाईन सुधारका लागि विद्युत बन्द गर्न लागिएको पालुङ वितरण केन्द्रले जनाएको छ ।

हाल संचालनमा रहेको धोर्सिङ्गबाट मार्खुसम्म तानिएको ११ के.भी.लाईन झण्डै ४० वर्ष अधि तानिएको र उक्त लाईनमा रहेका पोल जिर्ण भएको र तारले लोड धान्न नसक्ने भएकाले अपग्रेडिङ्ग गर्न लागिएकोे पालुङ वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीले बताए ।

पालुङ वितरण केन्द्रमा सरोकारवाला निकाय सँग भएको छलफलमा बैशाख ३ गतेदेखि प्रत्येक दिन विहान ५ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ः३० देखि ६ः३० बजेसम्म विद्युत अवरुद्ध हुने र सार्वजनिक बिदाका दिन (शनिबार) विहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६ः३० बजेसम्म बिद्युत अवरुद्ध गरि सो कार्य गर्न सहमति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा भएको छलफलमा राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, उद्योग वागिण्ज्य संघ, क्रसर व्यवसायी, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

विद्युत लाईन बन्द हुँदा उत्तरी मकवानपुरको थाहा नगरपालिका, ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिकाको १,२,५ र ६ नं. वडा तथा भिमफेदी गाँउपालिकाको ८ र ९ नं. वडा प्रभावित हुन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*