भौतिक निर्माण मात्र नभई मानव बिकासलाई पहिलो प्राथमिकता दिन्छु – लिलाकुमार घलान
चैत्र, हेटौडा – स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष पदको लागि लिलाकुमार घलानको आकांक्षी देखिएको छ।
२०५५ सालमा चुरियामाई माबिको अखिल क्रान्तिकारी इकाई अध्यक्ष भई राजनीतिक यात्रामा होमिएका घलान हाल नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको सदस्य रहेको छ।
मैले नेतृत्व पाउदा भौतिक निर्माण मात्र नभई मानव बिकासलाई पहिलो प्राथमिकता दिन्छु । सुशासन युक्त मानव संशाधन विकास गरि भौतिक पूर्वाधारको विकासमा बढाउने योजन छ ।
धार्मिक पर्य-पर्यटनको बिकासमा जोड, शिक्षा,स्वास्थ्य, कृषि र तामाङ्ग, चेपाङ्गको होम स्टे बनाई सास्कृतिक प्रबर्द्धन गर्ने लक्ष्य लिएको बताए। निरन्तर पार्टीको जिम्मेवारी तहमै रहेर काम गरेका उनि संग तामाङ, आदिबासी जनजाती क्षेत्रमा काम गरेका अनुभब रहेको छ।
२०५९ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य भए लगतै पार्टीको लागि पूर्णकालिन समय दिई जनयुद्धमा लागेका थिए । २०६१ सालमा मकवानपुर ललितपुर जिल्लाको युद्ध सम्बादाता भई काम गरेका थिए। पार्टीको जिल्ला कार्यालय सचिब समेत भएका उनि २०६४/०६५ सालमा तामसालिङ्ग राज्य परिषदको कार्यालयमा काम गरेको अनुभब छ।
अबको स्थनीय तहको चुनाबमा जनताको सेवकको रुपमा काममा लाग्नको लागि अध्यक्षको आकांक्षी गरेको बताए । वडा अध्यक्ष हुदा पाउने सेवा सुविधा एकमुष्ट गरि दलित जनजाति वा उत्पिडित/ उपेक्षित जेहनदार बिद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षामा छात्रवृति प्रदान गर्ने योजना गरेको बताउनु भयो।
हेटौडा १५ वडाबाट घलान नै सर्वसम्मत उम्मेदवार
नेकपा माओवादी केन्द्र हेटौडा १५ नबर वडाको वडा अध्यक्षमा लिलाकुमार घलानलाई नै सर्बसम्मत उम्मेदवार बनाउने भएको छ ।
सोमबार वडा कमिटिको बैठकले पार्टी जिल्ला समन्वय समितिको सदस्य रहेका घलानको नेतृत्वमा महिला सदस्यमा जानुका पौडेल, दलित महिला सदस्यमा मनमाया सुनार, खुल्ला सदस्यमा बिरमान घलान र रत्नबहादुर रानामगरलाई सर्ब सम्मत बनाएको छ।
वडामा हाम्रो गठबन्धन अबश्य हुन्छ । सहजताको लागि माओवादी केन्द्रबाट नामावली चाही सर्बसम्मत बनाएको वडा अध्यक्षको प्रत्यासी घलानले बताउनु भयो।






