अधिकारीद्वारा लिखित वित्तीय संघियता सम्बन्धि किताब बिमोचन
बैशाख, हेटौडा – नेपालमा संघियताको राजनीतिक संरचना सम्बन्धी बिभिन्न किताबहरू लेखिएता पनि आर्थिक पाटोलाई फिल्डमै (स्थलगत अध्ययन) गरेर पहिलो चोटी अनुसन्धानमूलक किताब लेखिएको छ ।
मुलुक भर्खरै संघियतामा ढल्किएताको कारणले गर्दा यसको आर्थिक पक्षको बिषयमा कम चर्चा भएको र संघिय सरकारले आफ्नो आर्थिक गतिविधि कसरी सन्चालन गरेको छ भन्ने उत्तर यस किताबले दिने किताबका लेखक बिशभ अधिकारीले बताए ।
साथै संघियताको आधारभूत सिद्धान्तको बिषयमा जानकारी हुन यो किताबको महत्वपूर्ण रहेको अर्को लेखक सागर बरालले जनाए । यस किताबमा प्रक्कथन (शुभकामना) व्यक्त चाहिँ पुर्व अर्थमन्त्री तथा अर्थविद डा. प्रकाश चन्द्र लोहनी र राष्ट्रपतिको पुर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएको लेखक सम्पुर्ण बस्नेतले बताए।
किताबको प्रकाशक शिखा बुक्स रहेको छ भने किताब बिमोचन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री माननिय डोरमणि पौडेलले गरेका थिए।
किताब बिमोचन कार्यक्रममा पौडेलले यो किताब उत्यन्तै उपयोगी रहेको र वित्तीय संघियता सम्बन्धि बुझ्न खोज्ने पाठकहरु लागि यस पुस्तकबाट ठूलो लाभान्वित हुने कुरा बताउनुभयो भने किताबको बारेमा युवराज गिरी र अर्पण पराजुलीले टिप्पणी गर्नुभएको थियो। कार्यक्रम सागर बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य मधु अधिकारीले दिनुभएको थियो ।






