२५ फिट अग्लो बुद्ध मूर्ति गुम्बाडाँडामा अनावरण
बैशाख, हेटौडा – मकवानपुरको पुर्बी क्षेत्रमा अबस्थित गुम्बाडाँडामा सबैभन्दा ठूलाे बुद्धमूर्तिकाे उद्घाटन गरिएकाे छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको गुम्बाडाँडामा २५ फिट उचाईको बुद्ध मूर्ति शनिबार बौद्ध धर्मगुरु लोप्साङ नाम्ग्याल रिन्पोछेले अनावरण गरेका हुन् ।
एक कराेड ४४ लाख रुपैयाँ लागतमा निर्मित बुद्ध मुर्ति समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा निर्माण भएकाे हाे ।
बुद्धमूर्ति निर्माण सँगै गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने वडाअध्यक्ष अनिल बानियाँले विश्वास व्यक्त गरे । कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मूर्ति निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कुमार लामाको अध्यक्षतामा मूर्ति अनावरण कार्यक्रम भएको हो ।






