२३ लाख नागरिकले मात्र बुस्टर डोज खोप लगाए – स्वास्थ्यमन्त्री खतिवडा
बैशाख, हेटौडा – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २३ लाख नागरिकले मात्र बुस्टर डोज खोप लगाएको बताउनु भयो । हेटौँडामा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले कोभिड विरुद्धको बुस्टर डोज खोप २३ लाख नागरीकले मात्र लगाएको बताउनुभएको हो।
सरकारले नागरिकलाई १ सय १२ प्रकारका औषधि, १३ प्रकारका खोप उपलब्ध गराइनुका साथै २० वटा रोगको निशुल्क परीक्षण व्यवस्था गरिएको मन्त्री खतिवडाले बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘स्थानीय स्वास्थ्य चौकीमा उपलब्ध औषधि ९८ बाट बढाएर ११२ पु¥याइएको छ, टाइफाइडको खोप निशुल्क गरिएको छ र ५० वर्ष माथिका सबैलाई २० भन्दा बढी रोगको परीक्षण निःशुल्क गरिएको छ ।’
संसारमै १६ वटा खोप निःशुल्क रहेकामा आफू स्वास्थ्यमन्त्री भएपछि टाइफाइडको खोप निःशुल्क गरेर १३ पु¥याइएको र ५० वर्ष माथिका सबैलाई २० भन्दा रोगको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको बताउनु भयो ।
यस्तै, मन्त्री खतिवडाले मकवानपुरमा जेष्ठ नागरिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति गरेर काम अभि बढाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सैद्धान्तिक सहमति गरिएको छ, अस्पताल निर्माणको कामको प्रारम्भिक चरणहरुका लागि टोली बनाइएको छ, जग्गा खोज्ने काम अघि बढाइनेछ ।’






