मेयरको उम्मेदवार बन्‍न प्रदेशसभा सदस्यबाट राजीनामा

तामसालिङ खबर
९ बैशाख २०७९, शुक्रबार ०८:०३

बैशाख, हेटौडा – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट राजिनामा दिएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट राजिनामा दिएको उनले जानकारी दिए ।

चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखित रुपमा आफ्नो सदस्य पदबाट राजिनामा पत्र बुझाएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*