स्थानीय निर्वाचन : हेटौंडा उपमहानगर मेयरको उम्मेदवार, को हुन् मिनाकुमारी लामा ?

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०८:५०

बैशाख, हेटौडा – सत्तारुढ पाँच दलीय गठबन्धनमा हेटौंडाको मेयर समाजवादीलाई दिने निर्णय भएको थियो । नेकपा एकीकृत समाजवादीले मिनाकुमारी लामालाई मेयरको उम्मेदबार बनाउने भएसँगै मकवानपुरले नै पहिलो पटक जिल्लामा प्रमुख पदमा महिला उम्मेदबार पाएको छ ।

गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरका लागि मिना कुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह चुनावी मैदान छन् ।

उपमहानगरको मेयर पदको उम्मेदवार मीनाकुमारी लामा यतिबेला चुनावी अभियानमा मतदाताको घरघरमा पुग्न व्यस्त छिन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, तथा राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार बनेकी लामा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष लामाले उपमहानगरको उपप्रमुखको जिम्मेवारीमा गरेको अनुभव प्रयोग गरेर उपमहानगरमा नेतृत्व लिने दौडमा यतिबेला होमिएकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी भएकी थिइन् ।

को हुन मिना कुमारी लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्म भएको मीना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो ।

२०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनितीमा यात्रा सूरु गरेर हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढिन् ।

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासंग विवाह भयो ।

श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति संगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप-सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् ।

२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भएकी हुन् ।

लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो ।

सामाजिक क्षेत्र देखेको त्रिभिन्न समस्या अनुभव, राजनीतिक क्षेत्रमा आफूले निर्वाह गरिरहेको भूमिका, घरपरिवार, बालबालिका, महिला सबै क्षेत्रबाट पाइरहेको हौसला र गठबन्धनका तर्फबाट उम्मेदवार बनेपछि जनताले बिश्वास गरेर दिएको मत खेर जान नदिने नगरबासी समक्ष प्रतिवद्धता जनाइरहेकी छन् ।

लामा भन्छिन् चुनाव जित्छौं भन्नेमा विश्वस्त छौं । ‘उपमहानगरमा गठबन्धनका तर्फबाट मलाई उम्मेदवार बनाइएको छ । मैले उपमेयर भएर गरेको कामले मलाई जनताले मेयरमा आएर काम गर्नु भन्न् भएको छ । म निर्वाचित हुनु भनेको उपमहानगरबासीले चाहे अनुसारको काम गर्छौं ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*