आचारसंहिता उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत एमालेको प्रचारमा

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०७:१७

बैशाख, हेटौडा (मकवानपुर गढी) – निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहितानै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत एमालेको प्रचारमा व्यस्त छन् ।

मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् ।

उनले सामाजिक सञ्जालहरुमा विदुर हुमागाई जिताऔं अभियानलाई विभिन्न समयमा सामाजिक सञ्जालहरुमा सार्वजानिक गर्दै एमाले जिताऔं अभियानमा लागेका छन् ।

सरकारका राष्ट्रसेवक कर्मचारीहरु त्यस माथी सहायक निर्वाचन अधिकृत जस्तो भूमिकामा रहेर निर्वाचन आचारसंहिताको धज्जी उडाउदैं एमालेको प्रचारमा लागेको पाइएकोले चौतर्फी विरोध भइरहेको छ ।

उनी मात्र नभई गाउँपालिका तथा वडामा कार्यरत कर्मचारीहरु पनि चुनावी कार्यक्रमहरुमा सहभागि भई एमाले जिताऔं अभियानमा लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*