मकवानपुरमा स्थानीय निर्वाचनको तयारी तीब्र
बैशाख, हेटौंडा – यहि शुक्रबार ३० गते हुने स्थानीय निर्वाचन देशभर हुँदै छ । विभिन्न राजनीतिक दर र उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरु आफ्नो प्रतिबद्धता पत्रसहित जनताको घरदैलोमा चुनावी अभियान गरिरहेका छन् । भोलि बैशाख २७ गते रातिबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधिमा चुनावी प्रचार अभियानका कार्यक्रमहरु गर्न पाईदैन् ।
शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगका अनुसार २९ बैसाख २०७९ सम्ममा मकवानपुरमा १८ वर्ष पूरा भएका १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् ।
जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् भने सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिका भित्रका रहेका छन् । हेटौंडामा १ लाख ४ हजार ४७३ जना र इन्द्रसरोबरमा १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन् ।
यसैगरि,जिल्लाको थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना,बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना,बागमती गाउँपालिकामा २२ हजार ४० जना, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना,मनहरी गाउँपालिकामा २६ हजार ७ सय २१ जना,मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना,राक्सिराङमा १५ हजार ८ ३२ जना,कैलाश गाउँपालिकामा १४ हजार ५ सय ८६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरि,निर्वाचनको लागि जिल्लामा मतदान स्थल १ सय ६५ र मतदान केन्द्र ३५६ रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए । उनले मतदान स्थल र केन्द्रको लागि आजबाट निर्वाचन साम्रगी पठाउन सुरु गरेको र भोलिसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृत आफ्नो क्षेत्रमा पुग्ने बताए ।






