उच्च शिक्षाको मोह जगाउन सफल बिष्णु बिष्ट “आदर्श “

तामसालिङ खबर
२७ बैशाख २०७९, मंगलवार ०६:५५

बैशाख, हेटौडा (थाहा नगर) – बिष्णु बिष्ट ‘आदर्श’ थाहामा चिर परिचित नाम हो । कुनै पनि सघ संस्थामा नेतृत्व गर्न पदिय लोभ लालच नगर्ने आदर्श पुरुषको रुपमा चिनेने बिष्टले जब पालुङ बहुमुखि क्याम्पसको संचालक समिति अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन पुगे त्यस पछि क्याम्पसले पुर्वधार बिकासमा मुहार फेरेको जो कोहि थाहा नगरपालिका कार्यलय पछाडिको कलेज पुग्नेले सहजै मुल्याङ्कन गर्ने छ ।

उहाँको अध्यक्षतामा बनेको संचालन समितिको सक्रियातामा एक दशक अगाडि क्याम्पस संचालन गर्न लगाईएको सप्ताहा माहायज्ञमा दान गर्ने दानबिरहरुको नाम शिलालेखमा लेखन गर्न सफल भए । आ.वा २०७७/०७८ मा बागमती प्रदेश , सामाजिक बिकास मन्त्रालय को रु १५ लाख आर्थिक सहयोगमा उक्त शिला स्तम्भ तथा सो शिला स्तम्भ सुरक्षार्थ कम्पाउन्ड निर्माण भयो,भने २०७८/०७९ मा पुन सोही सामाजिक बिकास मन्त्रालयको रु २० लाखको आर्थिक सहयोगमा पर्खाल ,गेट र अपुर्ण ३ कोठे भवनले पुर्णता पाउने कार्य धमाधम चलिरहेकै छ ।

विश्व बिध्यालय अनुदान आयोगको रु ५० लाख आर्थिक सहयोगमा माथिल्लो तलामा ४ कोठे भवन यसै आवा.मा निर्माण भैसकेको छ साथै अनुदान अायोगकै रु १० लाखको आर्थिक सहयोगमा क्याम्पसको अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद बिकासको निम्ति बास्केटबल कोड,टिटि बोड र भलिवल कोट निर्माण तथा चौर ब्यावस्थापन कार्य सम्पन्न भएको छ ।

थाहा नगर पालिका वडा न ३ को रु ७ लाख आर्थिक सहयोगमा छात्रामैतृ शौचालय निर्माण कार्य अघिल्लो आर्थिक बर्षमै सम्पन्न भएको र यस आर्थिक बर्ष मा४ न वडा अध्यक्ष दिपक सिह. लामा सग अधुरो गरि पर्खाल निर्माणको निमित्त प्रस्तावना पेश गरि सो वडा न ४ को रु १ लाख अार्थिक सहयोगमा पर्खाल निर्माणको सम्झौता भई कार्य निर्माण प्रक्रियामै रहेको छ ।पालुङ बहुमुखी क्याम्पसबाट स्नातक तह व्यवस्थापन संकाय दोस्रो वर्षको परीक्षामा ७० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

पालुङ क्यम्पस मकवानपुरको उत्तरी क्षेत्रमा रहेको एकमात्र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्था हो । क्याम्पस व्यवस्थापन समितिको सक्रियता तथा प्राध्यापक र विद्यार्थीहरुको मिहिनतले सफलता हासिल गरेको पालुङ क्याम्पसका सहायक प्राध्यापक राजन मिश्रले बताए ।
नियमित विद्यार्थीहरु सबै उतीर्ण भएको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताए ।

क्याम्पसमा अध्ययन गर्ने अधिकांश विद्यार्थी उतीर्ण भएकोमा सबै विद्यार्थीलाई क्याम्पस व्यवस्थापन समिति अध्यक्ष विष्णु विष्टले बधाई दिए । उनले प्राध्यपक र अभिभावकहरु प्रति आभार समेत व्यक्त गरेका छन् । उनले विद्यार्थी र प्राध्यापकको मिहिनतको प्रशंसा गरे ।नेकपा मावबादि केन्द्रका मेयरका उमेद्वार बिष्ट र नेपाली कग्रेसका उमेद्वार उपमेयर भरत गोपालि दुवै संयुक्त गठबन्धनका उमेद्वार क्याम्पस संचालक समितिका पदाधिकारि हुन ।

आफू क्याम्पपस संचालक समिति अध्यक्ष भएपश्चात् संस्थाको शैक्षिक तथा पूर्वाधार विकासमा सुधार हुँदै गएको अध्यक्ष विष्टको प्रतिक्रिया छ । क्याम्पसका लागि १ लाख रुपियाँ ३ नम्बर वडा कार्यालयले विनियोजन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*