निर्वाचनका लागि मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन

तामसालिङ खबर
२७ बैशाख २०७९, मंगलवार ०७:३८

बैशाख, हेटौडा – यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३२ सय जना सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३२ सय सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्लाको १० वटै स्थानीय तहमा सुरक्षाकर्मीले काम सुरु गरिसकेको बताउँदै निर्वाचनलाई भयरहीत बनाउनका लागि आफूहरु दिनरात नभनी लागिपरेको बताए । मकवानपुरमा रहेको १९ वटा अतिसंवेदनशिल मतदानस्थललाई विशेष ध्यानमा राखिएको उनले बताए ।

शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगका अनुसार २९ वैसाख २०७९ सम्ममा मकवानपुरमा १८ वर्ष पूरा भएका १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*