मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

तामसालिङ खबर
२९ बैशाख २०७९, बिहीबार ०९:३०

बैशाख, दोलखा – मतदाता परिचयपत्र लुटेको आरोपमा तामाकोसी गाउँपालिका-१ का वाडाध्यक्ष पक्राउ परेका छन् । मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएका थिए ।

मतदाता परिचयपत्र लुटेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिन खोज्दा परिचयपत्र फालेर उनी फरार भएका थिए । फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काफ्ले २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*