मकवानपुरका दश वटै स्थानीय तहमा निर्वाचनको तयारी पुरा

मतगणना स्थलमा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था
तामसालिङ खबर
२९ बैशाख २०७९, बिहीबार १७:३१

बैशाख, हेटौंडा – भोलि हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरका दश वटै स्थानीय तहमा तयारी पुरा भएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि मकवानपुरका मतगणना स्थलमा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरिएको छ ।

१० वटै मतगणना स्थलमा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरिएको छ । १० वटै पालिकामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको छ।

जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ वटै स्थानीय तहमा मतगणनाका लागि सीसी क्यामेरा सहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारीअनुसार मतगणना स्थल तयार पारिएको छ ।

चुनावमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सीसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले पालिकाको व्यवस्थापनमा सीसी क्यामेरा र तारजाली लगाएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*