मनहरी ५ को भोजसिद्ध माबीको मतदान केन्द्रमा मतदान सुरु (फोटो सहित)
बैशाख, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरकाे मनहरी गाउँपालिका वडा नम्बर – ५ स्थित भाेजसिद्ध माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएकाे छ ।
बिहान ७ बजेदेखि नै मतदान सुरु गरिएकाे वडा नम्बर ५ मा तीन वटा केन्द्र खडा गरेको ५ नम्बर वडामा २ हजार ७ सय १० जना मतदाता रहेकाे छ ।
मौसम बिभागको अनुसार विभिन्न स्थानमा हुने सम्भाबित बर्षा हुने भनिएको कारण र दिउँसो चर्को गर्मी हुने भएर बिहानै देखि मतदान गर्नेहरुको भिड रहेको छ । वृद्धवृद्धा, अशक्त र अपाङ्गलाई लाइनमा बस्नु नपर्ने व्यवस्था गरिएकाे मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत तिर्थराज घिमिरेले बताउनु भयो ।









