मनहरी ३ मा कांग्रेसको अर्याल बिजयी, पालिकामा गठबन्धनकै अग्रता

तामसालिङ खबर
१ जेष्ठ २०७९, आईतवार १९:४५

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल विजयी भएका छन् ।

कुल २ हजार ७ सय ५४ मत रहेको ३ नम्बर वडामा अर्यालले १ हजार ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र) का संजिव पाठकले ७ सय २० मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धि नेकपा एमालेका मानबहादुर बलले ५ सय ४३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, यता गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । गठवन्धनबाट अध्यक्षमा कांग्रेसले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा नेकपा एमालेले ५ सय ९८ र नेकपा एकिकृत समाजवादीले १ सय ९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा पनि गठवन्धनकै अग्रता कायम छ । गठवन्धनबाट नेकपा (माओवादी केन्द्र) की सिता पुलामि मगरले ७ सय ६९ मत प्राप्त गरेकी छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेकी सुजिता थिङले ५ सय ९९ मत र नेकपा एकिकृत समाजवादीकी मनिला विष्टले ५ सय ५२ मत प्राप्त गरेकी छन् ।

मनहरी ३ अन्तिम नतिजा
२७५४ मत गणना अपडेट :

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले- ५९८
नेपाली कांग्रेस- १३७५
नेकपा (एकीकृत समाजवादी)- १९२

उपाध्यक्ष :
नेकपा एमाले – ५९९
नेकपा माओवादी- ७६९
नेकपा(एकीकृत समाजवादी)- ५५२

वडाअध्यक्ष :
नेकपा एमाले -५४३
नेपाली कांग्रेस -१०४२ बिजयी
नेकपा माओवादी-७२०
नेकपा(एकीकृत समाजवादी)-१०७

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*