मनहरी ४ मा माओवादीको अग्रता, पालिकामा गठबन्धन नै अगाडी

तामसालिङ खबर
१ जेष्ठ २०७९, आईतवार २२:३६

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ४ को ४ सय मत गन्दा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । १ सय ४६ मत सहित वडामा माओवादी केन्द्र अगाडी रहेको छ।

त्यस्तै, एमालेको ९२ मत, नेपाली कांग्रेसको १ सय १६ मत र नेकपा एकीकृत समाजवादीको १० मत रहेको छ।

४ नम्बर वडामा पनि गठबन्धनका उम्मेदवारहरु नै अगाडी रहेको छ। गठबन्धनका नेपाली कांग्रेसको अध्यक्षमा १ सय ५६ मत प्राप्त गरेको छ। त्यस्तै माओवादी उपाध्यक्षले १ सय ४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेको अध्यक्षले ९८ मत, उपाध्यक्षले ८९ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीको अध्यक्षले १४ मत, उपाध्यक्षले ७१ मत प्राप्त गरेको छ।

स्थानीय तह निर्वाचन
मनहरी ४ नम्बर वडा, ४०० मतगणना गर्दा :

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – ९८
नेपाली कांग्रेस -१५६
नेकपा (एकीकृत समाजवादी) – १४

उपाध्यक्ष :
नेकपा एमाले – ८९
नेकपा माओवादी – १४५
नेकपा(एकीकृत समाजवादी) – ७१

वडाअध्यक्ष :
नेकपा एमाले – ९२
नेपाली कांग्रेस – ११६
नेकपा माओवादी – १४६
नेकपा(एकीकृत समाजवादी) -१०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*