मनहरी ८ मा कांग्रेसका उप्रेती प्यानल सहित विजयी
जेठ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका नारायण उप्रेती प्यानल सहित विजयी भएका छन् ।
नेपाली कांग्रेस मनहरी गाउँकमिटीका पुर्वसभापती समेत रहेका उप्रेती ८ नम्बर वडाको वडाअध्यक्ष पदमा प्यानल सहित विजयी भएका हुन् ।
निकटम प्रतिद्वन्दी नेकपा एमालेलाई १ सय १५ मतको फराकिलो मतान्तर सहित उप्रेती विजयी भएका थिए । नेकपा एमालेका पुष्कर सुवेदिले ५ सय ६९ मत प्राप्त गर्दा उनले ६ सय ८४ मत प्राप्त गरेका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रले १ सय २६ मत प्राप्त गरी तेस्रो भएको छ ।
मनहरी गाउँपालिका निर्वाचन अपडेट :
वडा नम्बर ८ मा कुल १५२४ मत गणना गर्दाको अन्तिम मत परिणाम
गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – ४२१
नेपाली कांग्रेस – ८९७
नेकपा (एकीकृत समाजवादी) – २८
राप्रपा – ५५
उपाध्यक्ष :
नेकपा एमाले – ५५३
नेकपा माओवादी – ४७१
नेकपा(एकीकृत समाजवादी) – ५२
राप्रपा – ८७
वडाअध्यक्ष :
नेकपा एमाले – ५६९
नेपाली कांग्रेस – ६८४ बिजयी
नेकपा माओवादी –१२६
राप्रपा – ६८
महिला सदस्य
नेकपा एमाले – ५२९
नेपाली कांग्रेस – ६४० बिजयी
माओवादी केन्द्र – १२०
राप्रपा-११०
दलित महिला सदस्य
नेकपा एमाले – ४९४
नेपाली कांग्रेस – ७०६ बिजयी
माओवादी केन्द्र – ११९
राप्रपा – ७९
खुल्ला सदस्य
नेकपा एमाले – ४५१
नेपाली कांग्रेस – ६२८ बिजयी
माओवादी केन्द्र – १०९
राप्रप्रा – १०२
खुल्ला सदस्य दुई
नेकपा एमाले – ४११
नेपाली कांग्रेस – ५७१ बिजयी
माओवादी केन्द्र – १६९
राप्रप्रा – २४४






