मनहरी ९ को विवाद टुङ्गियो, मतगणना शुरु
जेठ, हेटौंडा (मनहरी) – मनहरी वडा नम्बर ९ को मतगणना कार्यमा भएको विवाद टुङ्गिएको छ ।
निर्वाचन अधिकृत र सर्वदलीय नेताहरुको वैठकले विवाद टुङ्गाई मतगणना कार्य सुचारु गर्ने निष्कर्ष निकालेको हो ।
९ नं वडाको मतगणना कार्य सुरु गर्दा कपडाले बेरिएको मतपेटिकामा कपडा नभएपछि राजनैतिक दलका प्रतिनिधिहरुले मतगणना वहिस्कार गर्दै निस्किएका थिए ।
हाल सर्वदलीय वैठकले जिल्ला निर्वाचन केन्द्रमा निवेदन पेश गरि आवश्यक प्रक्रिया अघि बढाउन माग गर्ने बताईएको छ ।






