मतपत्रमा “चोर नेताहरुलाई नो भोट” भेटेपछि

तामसालिङ खबर
४ जेष्ठ २०७९, बुधबार १७:५७

जेठ, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*