सरकारको नीति तथा कार्यक्रम जेठ १० गते पेश हुने
जेठ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले १० गते संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने भएकी हुन् ।
संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमको सन्दर्भमा राष्ट्रपतिले सो दिन संयुक्त सभालाई सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । जेठ १० गते मंगलबार दिउँसो ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।






