मकवानपुरबाट निर्वाचित जनप्रतिनिधिद्वारा सपथग्रहण

तामसालिङ खबर
५ जेष्ठ २०७९, बिहीबार १८:५४

जेठ, हेटौँडा – स्थानीय तह निर्वाचनमा विजयी भएका मकवानपुरका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

मकवानपुरको ८ स्थानीय तहको अन्तिम नतिजा आए सगै पहिलो चरणमा पाँच स्थानीय तहका प्रमुखले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

पहिलो चरणमा सपथग्रहण गर्नेहरुमा भीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछाने रहेका छन्। बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*