मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल आईपुगे हेटौंडा

तामसालिङ खबर
३० जेष्ठ २०७९, सोमबार ०६:५०

जेठ, हेटौडा – काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल हेटौडा आईपुगेका छन् ।

संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाको मेयर शाह र उप-मेयर डंगोल हेटौंडामा आईपुगेका छन् ।

अभिमुखीकरण कार्यक्रम आज र भोलि दुई दिन चल्ने छ । मेयर शाह र उप–मेयर डंगोल हिजो आइतबार साँझ हेटौंडा आईपुगेको छ । शाह र डंगोल हेटौंडा–२ स्थित मोटल एभोकाडोमा बसेका छन् । अभिमुखीकरण कार्यक्रम पनि सोही मोटल एभोकाडोमा हुने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*