जिसस मकवानपुरको प्रमुखमा माओवादीका घलानको उम्मेदवारी दर्ता, उपप्रमुखमा कांग्रेसका लुइटेल
जेठ, हेटौंडा – जिल्ला समन्वय समिति जिसस मकवानपुरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले उम्मेद्वारी दिएका छन् भने नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले उम्मेद्वारी दिएका छन् ।
यसैगरि, जिसस मकवानपुरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता गरेका छन् भन नेकपा एमालेले उम्मेदवारी दर्तानै गरेको छैन् ।
१० स्थानीय तह रहेको मकवानपुरमा २० जना प्रमुख÷उपप्रमुखले जिल्ला समन्वय समितिको लागि मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुख सहित सात सदस्यको लागि मतदान हुन्छ । मकवानपुरमा ९ जना प्रतिनिधि सहित नेपाली कांग्रेस प्रथम स्थानमा छ । उसले जिल्लाको ५ स्थानीय तहको प्रमुख तथा ४ स्थानीय तहको उपप्रमुखमा जित हाँसिल गरेको थियो ।
दोश्रो पदाधिकारी भने नेकपा माओवादी केन्द्रको भागमा छ । माओवादीको २ प्रमुख तथा ५ उपप्रमुख गरि ७ प्रतिनिधी रहँदा तेश्रो स्थानमा रहेको नेकपा एमालेको २ प्रमुख तथा १ उपप्रमुख गरि ३ प्रतिनिध रहेका छन् । एकिकृत समाजवादीको एक जना प्रमुख मात्र छन् ।






