एमसीसी र एसपीपी विरुद्ध हेटौडामा मसाल जुलुस
असार, हेटौडा – मकवानपुरमा नेपाल र अमेरिकाबीचको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र स्टेट पार्टनरसिप एसपीपी कार्यक्रम विरुद्ध मसाल जुलुस सहित विरोध प्रर्दशन गरिएको छ ।
बुधबार साँझ मकवानपुरको विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुर एमसीसी र एसपीपी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो । एमसीसी र एसपीपी दुबै सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गर्दै विरोध गरेको हुन् ।






