बकैया गाउँपालिकामा नेता बानियाँद्वारा ७ करोडको गुम्बा शिलान्यास

तामसालिङ खबर
२ असार २०७९, बिहीबार १३:३५

असार, हेटौडा (बकैया) – मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका ५ तीनतलेमा बौद्ध शिक्षा विद्यालयसहितको सेडुप छ्योइलिङ अहिंसावादी गुम्बाको शिलान्यास भएको छ ।

बकैया गाउँपालिकाले कुल ७ करोड लागत लाग्ने गरी तयार पारिएको डिपिआर अनुसार निर्माण हुन लागेको गुम्बाको शिलान्यास नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गर्नुभएको हो ।

गुम्बाको शिलान्यास गर्दै नेता बानियाँले धर्म आस्थाको प्रतिक भएकोले जुनसुकै जात र समूदायको व्यक्तिले सत्य, न्याय, अहिंसा र मानवताका लागि गुम्बा निर्माणको पक्षका लाग्न जायज भएको बताउँदै नेपाल वहुभाषा, धर्म र समूदायको साझा बसोवास स्थल भएकोले सबैको रक्षार्थ काम गर्न आफू तयार रहेकोले यो गुम्बा आफैँले निर्माण सम्पन्न गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

गुम्बाकी अध्यक्ष चन्द्रमाया बलको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाल अहिंसावादी वौद्ध धर्म विश्वशान्ति चक्र संघको केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामा, बकैया गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनाल, वर्तमान उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया ५ की अध्यक्ष लक्ष्मी जिम्बा र निवर्तमान वडा अध्यक्ष शेरमान घलानले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*