हेटौंडामा तामाङ संग्रहालय स्थापना गर्न ५० लाख बजेट विनियोजन
असार, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा तामाङ संग्रहालय स्थापना गर्ने भएको छ ।
आइतबार भएको हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा तथा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर राजेश बानियाले तामाङ सङ्ग्राहालय स्थापना गर्न ५० लाख बजेट विनियोजन भएको बताए ।
मकवानपुर तामाङ्ग समुदायको बहुल्यता भएको जिल्ला समेत हो । त्यसकारण तामाङ जातिको भेषभूषा कला संस्कृति लगायतका मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न उक्त ५० लाख बजेट विनियोजन भएको उपमेयर बानियाले बताए ।






