कैलाश–९ का वडाध्यक्ष घलान प्रहरीको नियन्त्रणमा

तामसालिङ खबर
२९ असार २०७९, बुधबार ०७:५७

असार, हेटौडा – बलात्कार आरोप लागेको मकवानपुरको कैलाश गाउँपालिका वडा नंम्बर ९ का वडा अध्यक्ष भुवन सिं घलान प्रहरीले पक्राउ गरेको छ । जाहेरी परेपछि जिल्ला अदालत हेटौंडामा पक्राउ पुर्जी जारी गरेपछि उनि आफै जिल्ला प्रहरी कार्यालयमा आएका हुन् ।

घटनाको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । १४ वर्षीया बालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौंडा आउँदा वडाध्यक्ष घलानले बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

हेटौंडा–१ जरुवाटोल स्थित असन गेष्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ः३० बजेको समयमा वडाध्यक्षले आफुलाई बलात्कारको प्रयास गर्ने उदेश्यले शरिरको संवेदनशील अंगहरुमा सुम्सुम्याएको जाहेरीमा उल्लेख गरेकी छन् ।

घटना १९ गते रातिको भएपनि बालिकाले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*