एक वर्षको अबधिमा मकवानपुरमा १ सय २५ जनाले गरे आत्महत्या

तामसालिङ खबर
११ श्रावण २०७९, बुधबार १०:५४

साउन, हेटौडा – मकवानपुर जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा १ सय २५ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ९० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । ७ जना बालिका, ४ जना बालक, ५४ जना पुरुष र २५ जना महिलाले झुन्डिएर आत्महत्या गरेका हुन् भने विष सेवन गरेर १८ जना पुरुष, १२ जना महिला र एक जना बालक र एक जना बालिकाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, पानीमा हाम फालेर एक जना पुरुष र एक जना महिलाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । आगो लगाएर एक जना पुरुषले आत्महत्या गरेका छन् । आत्महत्यालाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए ।

मकवानपुरमा आत्महत्या न्यूनीकरण गर्न सबै स्थानीय तह, वडा र सरोकारवाला निकाय सबैले समन्वय गरेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । सबै सरोकारवाला निकायहरुले चासो लिएर विद्यालय, कलेजका विद्यार्थीहरुमा यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*