पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध

तामसालिङ खबर
१६ श्रावण २०७९, सोमबार ०८:३४

साउन, चितवन – पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने घुमाउने नजिकै लेदो माटोसहित पहिरो खसेको थियो।

दुवैतर्फ अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए। केही समयमा पहिरो हटाइसक्ने र सडक पुन: सुचारू गर्ने तयारी छ।

अविरल वर्षापछि लेदोसहित पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*