पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीको आन्दोलन

तामसालिङ खबर
१६ श्रावण २०७९, सोमबार ०८:३८

साउन, काठमाडौं – पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु गरेका छन् ।

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासघले जारी गरेको विज्ञप्तिमा आजदेखि हवाइ इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।

२० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि जनाइएको छ । २१ गतेदेखि सम्पूर्ण ट्याङ्करबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।

हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने समेत महासङ्घद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*