हालसम्मकै उच्च बजेटमा मनहरी २ मा स्ल्याब ढलान हुँदै

तामसालिङ खबर
२० श्रावण २०७९, शुक्रबार ०९:००

साउन, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर २ मा हाल सम्मकै उच्च बजेटमा स्ल्याब ढलान हुने भएको छ ।

बागमती प्रदेश सरकारबाट शसर्त अनुदानको रुपमा स्ल्याव ढलानको लागि ९९ लाख ९६ हजार रुपैयाको बजेट र मनहरी गाउपालिकाबाट उतिकै बजेट थप्दा १ करोड ९९ लाख ९२ रुपैया प्राप्त भएसंगै हाल सम्मकै उच्च बजेटमा स्ल्याब ढलान हुन लागेको वडाअध्यक्ष राजकुमार पाख्रिन बताए ।

बजेट कार्यन्वयनका लागि बिहिबार गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगर सहितको प्राविधिक टोलिले सर्वेक्षणको काम सम्पन्न गरेको छ । बजेटबाट प्रधान खोल्ची देखि नारायाण चोक, सीता मावि हुँदै प्रताब थिङको पसल सम्म र नाराण चोक देखि झुल्यानसम्म गरि १ हजार ८ सय मिटर बाटो स्ल्याब गर्न तयारी थलिएको छ ।

नापजाँच गर्ने कार्य सकियो अब टेण्डरको प्रक्रियमा जान्छ, असोज सम्ममा काम थालनी हुन्छ – वडाअध्यक्ष पाख्रिनले भने । स्लाब ढलान सम्पन्न भए संगै भिमान, गोगनघारी, सर्सिधाप, ट्यांकी दामर, भुन्द्रुङखोला, ठाडोखोला, तीनतले लागयत टोलका स्थानियहरुलाई वडा कार्यालय तथा अन्य स्थान सम्म आवात जावत गर्न सजह हुने वडाअध्यक्ष पाख्रिनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*