मनहरी –५ मा सामाजिक सुरक्षा विषयक अभिमुखिकरण
साउन, मनहरी (हेटौडा) – मनहरी गाउँपालिका वडा नम्बर ५ मा एक दिने सामाजिक सुरक्षा विषयक अभिमुखिकरण भएको छ ।
शान्तिका लागि साझा अभियान (कोक्याप) मकवानपुरले आयोजना गरेको कार्यक्रमका सभागिहरुलाई मनहरी गाँउपालिकाका सामाजिक तथा पन्जिकरण शाखा प्रमुख दीपक अधिकारीले सामाजिक सुरक्षा भत्ता प्रप्ता गर्ने प्रक्रियाबारे सहजिकरण गरेका थिए ।
५ नं. वडाका अध्यक्ष दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शान्तिका लागि साझा अभियानका फोकल पर्सन प्रतिक्षा खड्का र सहजकर्ता सुजाता पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाका सबै जनप्रतिनिधि सहित स्थानीय जनताको सहभागिता रहेको थियो।






