तामाङ प्रसारण दिवसको अवसरमा हेटौडामा अन्तरक्रिया तथा सम्मान
भदौ, हेर्टौंडा – २८ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ मकवानपुर शाखाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । बुधबार ‘तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा सम्मान’ कार्यक्रममा आयोजना गर्दै तामाङ प्रसारण दिवस मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले तामाङ भाषा, संस्कृतिको ह्रस हुँदै गइरहेकोले चिन्ता व्यक्त गर्नुभयो । सबै पालिकाहरुसँग समन्वय गरी भाषा र संस्कृति सरक्षणमा जोड दिनुका साथै तामाङ पत्रकारहरुको हितमा सहयोग गरिने प्रतिबद्वता व्यक्त गरे ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले तामाङ समुदायको बाहुल्यता भएको स्थानमा तामाङ भाषा र संस्कृतिलाई जोड दिइरहेको बताए । उपमहानगरले तामाङ संग्राहलयका निर्माणका विषयमा विभिन्न व्यक्तित्वहरुसँग छलफल भइरहेको बताए ।

त्यस्तै, कार्यक्रममा उदयमान तामाङ पत्रकार-२०७९ बाट जमुना थिङलाई नगद सहित सम्मान गरेका छन । तामाङ समुदायको प्रतिनिधित्व गर्दै पत्रकारिता विषयमै उच्च शिक्षा अध्ययन सहित पत्रकारिताको क्षेत्रमा क्रियाशील तामाङ पत्रकार संघ मकवानपुरकी सदस्य, समृद्ध समाज राष्ट्रिय दैनिक र रेडियो निकास ९३.४ मेगाहर्जमा कार्यरत जमुना थिङलाई उदयमान तामाङ पत्रकारबाट सम्मान गरिएको छ । साथै गत स्थानीय तहको निर्वचानबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान समेत गरेका छन ।

कार्यक्रममा जिल्ला समन्वयन समितिका उपप्रमुख सानुकाजी लुइटेल, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, लगायत जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सामाजवादी प्रेश संगठनका उपमहासचिव रामकुमार एलन, प्रेश युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायत रहेको थियो।






