तामाङ प्रसारण दिवस : दुई जनप्रतिनिधि सहित पाँच जना पत्रकार सम्मानित
भदौं, काठमाडौं – २८ औं तामाङ प्रसारण दिवसको अवसरमा मंगलवार काठमाडौंको बौद्धस्थित तामाङ घेदुङको कार्यालयमा तामाङ पत्रकार संघ, बागमती प्रदेशद्धारा आयोजित ‘बागमती प्रदेशमा तामाङ रेडियो कार्यक्रमहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रममा दुई जनप्रतिनिधि सहित पाँच जना पत्रकार सम्मानित भएका छन्।
हालै सम्पन्न स्थानीय तहमा निर्वाचित तामाङ पत्रकार संघमा आवद्ध पत्रकारद्वय बलेफी गाउँपालिकाकी उपाध्यक्ष शरु लामा र नेत्रवाती गाउँपालिकाकी उपाध्यक्ष सिता च्योथेन तामाङलाई बधाई तथा सम्मान गरिएको थियो ।

त्यस्तै प्रेस चौतारी नेपालका महासचिव हिरामान बल, प्रेस सेन्टर नेपालको केन्द्रीय सह-कोषाध्यक्ष बुद्ध लोप्चन, सचिव डिलबहादुर थोकर (ग्यम्जो), प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान, केन्द्रीय सदस्य नेत्र तामाङलाई पनि बधाई तथा सम्मान गरिएको थियो ।
२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रशारण भएको दिनलाई तामाङ प्रशारण दिवसका रुपमा मनाउदै आएको छ । यसै सन्दर्भमा तामाङ पत्रकार संघका साथै विभिन्न जिल्ला शाखाहरूले समेत प्रत्येक वर्ष कार्यक्रमसहित प्रसारण दिवस मनाउँदै आएको छ ।










