बुद्धिजीवी संगठन बागमती गाउँपालिकामा लामा चयन

तामसालिङ खबर
५ भाद्र २०७९, आईतवार ०७:३२

भदौं, हेटौडा (बागमती) – नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिकाको प्रथम् सम्मेलन शनिबार भएको छ । सम्मेलनले अमृतकुमार लामा अध्यक्ष रहने गरि २१ सदस्यीय कमिटि चयन गरिएको छ ।

उपाध्यक्षमा हरिदत्त पोखरेल, सुकराम पाख्रिन, सिद्धबहादुर बल चयन भएका छन् । यसैगरि, सचिवमा भीम भुजेल, सहसचिव बिरेन्द्र समाल, प्रेमकुमारी सेन्चुरी, उद्धबबहादुर घिमिरे, कोषाध्यक्षमा सविना वाईबा चयन भएका छन् । सदस्यहरुमा उमा थापा, सन्तोष घलान लगायत चयन भएका छन् ।

सम्मेलन नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो ।

नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिका इन्चार्ज शुक्रमान राइको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेश सदस्य अरुण खतिवडा, माओवादी केन्द्र बागमती परिषद सदस्य ज्ञानसागर भोलन, गापा. अध्यक्ष अरुण बल, उपाध्यक्ष बल बहादुर पाख्रिन्, सचिव रहरमान थिङ, नेपाल बुद्धिजीवी संंगठन बागमती प्रदेश सदस्य गायत्री रुपाखेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*