कैलाशका २ महिलालाई मनहरी खोलाले बगायो
भदौं, हेटौडा (राक्सिराङ) – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । त्यस्तै अर्को एक महिला बेपत्ता भएकी छिन् ।
शनिबार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझको समयमा कैलाश १० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो ।
३० वर्षीया प्रजाको शव कैलाश ९ को खोला किनारमा भेटिएको नामटार प्रहरी चौकीका प्रहरी हवल्दार उमेशकुमार पाशवानले बताए । अर्को बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।






