अब आइपिओ भर्दा पाँच रूपैयाँ शुल्क लाग्ने

तामसालिङ खबर
६ भाद्र २०७९, सोमबार ०९:१८

भदौं, काठमाडौ – अब आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ।
हाल यस्तो शुल्क अधिकतम एक सय रूपैयाँसम्म लाग्ने गरेको छ।

सेयर हल्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ । अब यसरी सी आस्बाबाट उठ्नेमध्ये एक रूपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रूपैयाँ सेयर बिक्री प्रबन्धकले प्राप्त गर्ने भएको छ।

‘सेन्ट्रलाइज्ड आस्बा’ लाई छोटकरीमा सी-आस्बा भन्ने गरिएको छ। आस्बाको पूरा रूप ‘एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट’ हो।

लगानीकर्ताले विभिन्न बैंकबाट आवेदन दिएपछि खातामा तोकिएको रकम रोक्का हुने र आवेदन एकीकृत भई बिक्री प्रबन्धकले पाउने भएकाले यसलाई सी-आस्बा प्रणाली भनिएको हो। यो प्रणालीमा बाँडफाँट भइसकेपछि सेयर नपरेको रकम खातामै फूकुवा हुनेछ।

सी-आस्बा व्यवस्थासँगै आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा घरमै बसेर आवेदन दिन सक्ने सुविधा आएको हो। पहिले बिक्री प्रबन्धक तथा तोकिएका केन्द्रमा लामो लाइन बसेर आवेदन दिनुपर्ने बाध्यता रहेकोमा बैंकबाटै आस्बा प्रणालीमार्फत भर्ने व्यवस्था मिलाइएको थियो।

यसलाई थप परिमार्जित गर्दै सिडिएस एण्ड क्लियरिङले सी–आस्बा प्रणालीमार्फत् घरबाटै आवेदन दिन पाइने व्यवस्था अनिवार्य रूपमा लागू गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*